काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सुशासनलाई आफ्नो मूल मन्त्र बनाउँदै सार्वजनिक सेवामा सुधार र डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने बताएका छन् ।
पद तथा गोपनीयताको शपथ लिनुअघि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले नेपाल ऐतिहासिक रूपमा पुरानो देश भएपनि संस्थागत अभ्यासको दृष्टिले पछाडि रहेको उल्लेख गर्दै राज्य सञ्चालनमा प्रणालीगत सुधार अपरिहार्य रहेको धारणा राखे ।
उनले देशको पहिचान र अस्तित्व पुरानो भएपनि संस्थागत अभ्यास कमजोर रहेको औंल्याउँदै प्रभावकारी शासनका लागि आधुनिक प्रणाली र नीतिगत स्पष्टता आवश्यक रहेको बताए ।
मुलुकलाई संस्थागत राजकाजको अभ्यासतर्फ अघि बढाउने विषय पार्टी र सरकारको प्राथमिकतामा रहने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया