काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ऋषिबाबु परियारले पार्टी छाडेका छन् । उनले पार्टीभित्र राजनीतिक विचारमा स्पष्टता नहुनु र दलित समुदायप्रति संवेदनशील नीतिको अभावलाई आफ्नो राजीनामाको कारण बताएका छन् ।
परियार पार्टीको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्य, र केन्द्रीय निर्देशन समिति सदस्यका रूपमा काम गर्दै आएका थिए । साथै उनी उत्पीडित दलित संगठनको केन्द्रीय वरिष्ठ नेताको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए ।
परियारले पार्टीले राजाको एजेन्डा त अंगिकार गरेको भए पनि व्यवहारमा पालन नगरेको, समानुपातिकतर्फको ४ सिटमा दलित र खसआर्यबीच सन्तुलन गर्न सकिन्थ्यो भने पनि दुवै सिट खस आर्यलाई मात्र दिइएको हुँदा दलित समुदाय पाखा परेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया