काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्यसमितिले गरेको निर्णयको सम्मान गर्ने बताएका छन् । सभापतिबाट दिएको राजीनामा अस्वीकृत भएसँगै उनले पार्टीको सो निर्णयको सम्मान गर्ने बताएका हुन् ।
मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि नैतिकताका आधारमा आफूले राजीनामा दिएको तर पार्टी बैठकले अस्वीकार गरेपछि काममा फर्किएको बताए । उनले भने, ‘मैले आफ्नो जे कर्तव्य ठानेँ, त्यो गरेँ ।’
सभापतिबाट दिएको राजीनामालाई कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अस्वीकृत गरेपछि उनी आज सभापतिको रूपमा केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका हुन् ।
बैठकको नेतृत्व गर्दै उनले केन्द्रीय कार्यसमितिको बैठकको गरेको निर्णय ठीक कि बेठीक भनेर भन्ने बेला नभएको जिकिर गर्दै भने, ‘केन्द्रीय कार्यसमितिले जे ठिक थान्यो, त्यही निर्णय गर्यो । मैले केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया