कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यसअघि आइतबार लगातार तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकार गर्दै ६ बुँदे निर्णय गरेको थियो ।

सोही निर्णय कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आजको बैठक बस्न लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?