१५औँ महाधिवेशनमा केन्द्रित हुने कांग्रेसको निर्णय

लोकपथ
0
Shares

काठमाडौं । विशेष महाधिवेशनबाट नयाँ नेतृत्वसहित निर्वाचनमा होमिएको कांग्रेस अब नियमित महाधिवेशनमा जाने तयारीमा जुटेको छ ।

आज सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीको १५औँ नियमित महाधिवेशनको तयारीमा जुट्ने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्र्दै पार्टी पूर्ण रुपमा महाधिवेशनमा केन्द्रित रहने बताए ।

१५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन, विधान संशोधन, संगठनात्मक संरचना तथा भावी रणनीति निर्धारणका लागि अघि बढ्ने बताइएको छ ।

गत पुषको अन्तिम साता काठमाडौंमा भएको कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । उक्त नयाँ कार्यसमितिसहित निर्वाचनमा होमिएको कांग्रेसले नराम्रो पराजय समेत भोगेको छ । कांग्रेस निर्वाचनको समीक्षासहित नियमित महाधिवेशनमा होमिने निर्णयमा पुगेको हो ।

त्यसो त शुक्रबारबाट सुरु भएको केन्द्रीय समिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा समेत अस्वीकार गरेको छ ।

कांग्रेसले विभिन्न ८ वटा आधारमा गगनको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?