सानेपामा कांग्रेस बैठक जारी, के हुँदैछ छलफल ?

लोकपथ
210
Shares

काठमाडौं । शुक्रबारबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार (आज) बिहानबाट बैठक जारी रहेको हो ।

बैठकमा सभापति गगनकुमार थापाले पेस गरेको राजीनामा र उपसभापति विश्वप्रकाश शर्माको निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल जारी रहेको हो ।

यसअघि शुक्रबार नै प्रवक्ता देवराज चालिसेले सभापतिको राजीनामा अस्वीकृत हुने बताएका थिए । तर आज पनि सोही विषयमा नेताहरुले धारणा राख्ने क्रम जारी रहेको छ ।

बैठकमा उपस्थित सबैजसो पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरुले सभापति थापाको राजीनामालाई अस्वीकार गरेर जानुपर्नेमा जोड दिएका थिए ।

सभापति थापाको राजीनामाको विषयमा अहिले पनि छलफल जारी रहेको र आजै बैठकले अन्तिम टुंगो लगाउने तयारी गरिरहेको सानेपा स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?