काठमाडौं । डाँका चोरी मुद्दामा कैद भुक्तान गरी हालै छुटेका अभियुक्त पुनः चोरी गर्ने क्रममा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–२ घर भई हाल काठमाडौं, कागेश्वरी मनोहरा बस्ने ३२ वर्षीय सजन कुमार श्रेष्ठ र सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति गाउँपालिक ४ घर भएका ३२ वर्षीय प्रेम लामा रहेका छन् ।
उनीहरूले चैत ३ गते ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं-६ सिद्धिपुरस्थित कृष्ण प्रसाद श्रेष्ठको घरबाट सुनचाँदी चोरी गरेको आरोप छ ।
प्रहरीका अनुसार प्रेम लामाले ११ वर्षको कैद भुक्तान गरी हालै छुटेको थिए र पुनः चोरीमा संलग्न भएको पाइएको छ ।
पक्राउ परेका अभियुक्तविरुद्ध चोरी मुद्दा दर्ता गरी अदालतबाट थप ५ दिन म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया