प्रतिवेदन सार्वजनिक गरियोस् ,मेरो हातमा रगत छ कि छैन, जान्न चाहन्छु : रक्षा बम

लोकपथ
98
Shares

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानबिन प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई अनुरोध गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले आफू र अन्य युवाहरूमाथि लागेको आरोपको जवाफ प्रतिवेदनमार्फत दिन माग गरेकी हुन् ।

बमले भनेकी छन्,‘आरोपका कारण आफू मानसिक र सामाजिक दबाबमा परेको छ। मेरो हातमा रगत लागेको छ कि छैन, मैले सिंहदरबार जलाएको हो कि होइन, म परिचालित छु कि छैन यी सबै प्रश्नको जवाफ म जान्न चाहन्छु ।

उनले व्यक्तिगत स्पष्टीकरण पर्याप्त छैन र पीडितहरूको आवाज समयमै सम्बोधन गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?