गगनको राजीनामाबारे नेता केसी भन्छन्–‘देश बदल्छु भन्नेले बिचमै हार मान्न मिल्दैन’

लोकपथ
49
Shares
फाइल तस्बिर

 काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी ले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गर्नु गलत हुने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले पार्टी सभापति गगनकुमार थापा को राजीनामा अनुचित भएको बताए ।

केसीले पार्टी र मुलुक परिवर्तनको लक्ष्यसहित अघि बढेका नेतृत्वले बिचमै जिम्मेवारी त्याग्न नहुने उल्लेख गरे । ‘क्याप्टेन भएर मैदानमा आएको व्यक्तिले बिचमै छोडेर जान मिल्दैन,’उनले भने।

उनले निर्वाचन परिणामबाट आत्तिन नहुने भन्दै पार्टी कार्यकर्तालाई संयमित रहन आग्रह गरे । साथै, राष्ट्रिय स्वतन्त्र पार्टी लाई स्थिरता, समृद्धि र विकासका लागि काम गर्न आग्रह गर्दै लोकतन्त्रको संरक्षणमा कांग्रेसले सहयोग गर्ने बताए ।

पार्टीभित्र रहेका विगतका विकृति र विसंगतिहरू छोटो समयमा समाधान नहुने उल्लेख गर्दै उनले ५० दिनमै जादुई परिवर्तनको अपेक्षा गर्नु व्यवहारिक नहुने धारणा राखे । वर्तमान अवस्थामा पार्टीलाई थापाको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।

हाल पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सभापति थापाको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको परिणामबारे छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?