सभापतिको राजीनामा अस्वीकृत गर्छौँ : विश्वप्रकाश शर्मा

लोकपथ
119
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने दाबी गरेका छन् ।

सभापति थापाले निर्वाचनमा पार्टी पराजय भएको कारण देखाउँदै राजीनामा दिएका छन् । उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाए पनि त्यसलाई केन्द्रीय समिति बैठकमा पेस गर्नुपर्ने हुन्छ ।

भोलि कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकमा राजीनामा पेस गर्ने तयारी गरिए पनि बैठकको पूर्वसन्ध्यामा उपसभापति शर्माले त्यसलाई अस्वीकृत गर्ने बताए ।

उपसभापति शर्माले सामाजिक सञ्जाल एक्समा लेख्दै नैतिक जिम्मेवारी लिन्छु भन्नु सकारात्मक भए पनि यतिबेला नैतिक दायित्व प्रधान रहेका समेत बताए ।

‘नैतिक जिम्मा लिन्छु भन्नू सकारात्मक । तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो,’ शर्माले लेखेका छन्, ‘बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?