काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकारको काम केही महिना बिना आलोचना हेर्नुपर्ने बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता बास्कोटाले सामाजिक सञ्जालमा लेख्दै सरकार नेतृत्वको नयाँ सरकारले काम थालेको तीन महिनासम्म केही बोल्नु नै बेकार रहेको बताए ।
आम जनता साझा हुने भन्दै अन्य बेलामा पूराना दललाई छनोट गरेकोमा यसपटक रास्वपालाई छनोट गरेको समेत स्वीकार गरे ।
‘रास्वपाले चुनाव जित्यो । चलाउछन कसरी ? त्यो उनीहरुकै कुरा । नयाँ सरकारले काम थालेको तीन महिनासम्म अरुले केही बोल्नु नै बेकार हो । जनता साझा थिए, छन् र हुने नै छन् । फरक कति मात्र हो भने आम जनताको रोजाईमा यस पल्ट उनीहरु परे,अझ यसो भनौ उनका बाचा जनताले पत्याए । खाँबो चिथोर्न बन्द गरे हुने !,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया