काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफल पार्न सहयोग गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई धन्यवाद दिएकी छिन् ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री कार्कीले धन्यवाद दिएकी हुन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईँहरूले निर्वाचनमा भाग लिइदिनुभयो । चुनावको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका निम्ति धेरै धन्यवाद छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया