ओलीका पिता मोहनप्रसादको पशुपतिमा अन्त्येष्टि [तस्बिरहरू]

लोकपथ
35
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ ।

केही दिनयता अस्वस्थ रहेका ओलीलाई गएराति स्वास्थ्यमा समस्या देखिएपछि भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा आज बिहान उनको निधन भएको हो ।

उनको पार्थिव शरीर काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

मोहनप्रसाद ओली पछिल्लो समय भक्तपुरको गठ्ठाघरस्थित आफ्नी छोरीको निवासमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?