अध्यक्ष ओलीका पिता मोहनप्रसादको निधनप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त

लोकपथ
203
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगतप्रति भावपूर्ण सम्मान प्रकट गरेका हुन् ।

उनले ओलीका पूजनीय पिता मोहनप्रसाद ओलीको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गरेका छन् ।

उनले भनेको छन्, ‘नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूका पूजनीय पिता मोहनप्रसाद ओलीज्यूको असमायिक निधनको दुःखद खबरले मर्माहत बनाएको छ । दिवंगत पुण्य आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, यस कठिन घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?