पश्चिम एसियामा फसेका नेपालीको उद्धार जारी, आज १६४ जना स्वदेश फर्काइँदै

लोकपथ
84
Shares

काठमाडौं। सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई विशेष उद्धार उडानमार्फत क्रमशः स्वदेश ल्याउन थालेको छ ।

निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार सञ्चालन गरिएको विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको हो ।

उक्त विमानले काठमाडौंबाट २६० जना यात्रुलाई दुबईसम्म पुर्‍याएको थियो ।

प्रवक्ता पुनका अनुसार आज पनि काठमाडौंबाट २६७ जना यात्रु लिएर निगमको विमान दुबई प्रस्थान गर्नेछ र त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश ल्याइने तयारी गरिएको छ ।

पश्चिम एसियाको आकाशमा फागुन १६ गतेदेखि उडान निषेध भएपछि उद्धार उडान सुरु गरिएको हो । 

संयुक्त राज्य अमेरिका र इजरायल ले संयुक्त रूपमा इरान मा हवाई आक्रमण गरेपछि पश्चिम एसियाका केही मुलुकमा उडान सेवा अवरुद्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?