बाबुराम भट्टराई भारत प्रस्थान

लोकपथ
126
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । 

उनी भारतको नयाँ दिल्लीमा मार्च १२–१४ मा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्श ‘एनएक्सटी २०२६ ग्लोबल समिट’ मा सहभागी हुन गएका हुन् ।

समिट नयाँ दिल्लीस्थित भारत मण्डपममा हुने भएको छ । यसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुनेछन् भने डा.भट्टराई ‘गेस्ट अफ अनर’ को रूपमा उपस्थित रहनेछन् ।

आयोजकका अनुसार, विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी र विशिष्ट शैक्षिक क्षेत्रका प्रतिनिधिहरू यस समिटमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?