कांग्रेसले नवनिर्वाचित सांसदहरूसँग छलफल गर्दै

लोकपथ
196
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूबिच  अन्तरक्रिया कार्यक्रम  गर्ने भएको छ । 

दिउँसो २ बजे सिंहदरबार स्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा छलफल गर्ने जनाइएको छ । 

संसदीय दलका प्रमुख सचेतक र अन्य नेताहरूले नवनिर्वाचित सदस्यहरूलाई स्वागत गर्दै पार्टीको संसदीय रणनीति, राष्ट्रिय सभाको भूमिका र आगामी दिनमा गर्नुपर्ने कामबारे छलफल गर्ने तयारी गरिएको छ ।

कार्यक्रममा बहालवाला सदस्यहरूले आफ्नो संसदीय अनुभव सुनाउने र नवनिर्वाचित सदस्यहरूलाई संसदीय प्रक्रिया, विधेयक निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सहयोग गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?