मोदीलाई बालेनको रिप्लाई– ‘नेपाल–भारतबिचको सम्बन्ध थप प्रगाढ बनाउनेछौँ’

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

मोदीले सोमबार रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनलाई सम्पर्क गरी बधाई दिएको र आगामी दिनमा मिलेर अघि बढ्ने बताएका थिए ।

मोदीले सामाजिक सञ्जालमा सो विषयमा लेख्दै फोन सम्पर्क भएको जानकारी दिएका थिए ।

बालेनले मोदीलाई नेपालीमै उत्तर दिँदै नेपाल–भारतबिच विद्यमान ऐतिहासिक सम्बन्धलाई थप घनिष्ठ र बहुआयमिक बनाउँदै लैजाने विश्वास व्यक्त गरे ।

त्यसैगरी उनले हालै भारतले टी–२० वर्ल्डकप जितेकोमा बधाई समेत दिए ।

‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री @narendramodi ज्यु । नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?