काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जाँदैछन् । डा. भट्टराई भारतको नयाँ दिल्लीमा आयोजना हुने एनएक्स टी २०२६ ग्लोबल समिटमा सहभागि हुन बुधबार भारत प्रस्थान गर्न लागेका हुन् ।
भारतको नयाँ दिल्लीस्थित भारत मण्डपमा आगामी मार्च १२, १३ र १४ मा गेस्ट अनर अर्थात् सम्मानित अथितिका रुपमा सहभागि हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा विशिष्ठ शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने उक्त समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुने उक्त समिटमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको उपस्थिति रहने बाबुरामको सचिवालयले जनाएको छ ।
विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने यस सम्मेलनलाई समसामयिक वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा लिइएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया