काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको समेत जिम्मेवारीमा रहेका अर्थमन्त्री रामेश्वर खनालले कुटनीतिक राहदानी बुझाएका छन् ।
सरकारले भीआईपीको सहजताका लागि कुटनीतिक राहदानी (रातो पासपोर्ट) उपलब्ध गराउँदै आएको छ ।
तर निर्वाचन सफलतापूर्वक सम्पन्न गरेपछि केही दिनमा अन्तरिम सरकारबाट बाहिरिँदै गरेका अर्थमन्त्री खनालले प्रक्रिया पुर्याएर सरकारलाई नै फिर्ता गरेका छन् ।
अर्थमन्त्री खनालले अर्थमन्त्रायको प्रशासन शाखालाई पत्र लेख्दै राहदानी विभागलाई उक्त राहदानी फिर्ता गरिदिन भनेका हुन् ।
‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कुटनीतिक राहदानी नं DA0002710 को प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझिाइदिन राहदानी यसैसाथ संलग्न राखी अनुरोध गरेको छु,’ मन्त्री खनालले भनेका छन् ।
यसअघि कतिपय अवस्थामा सरकारले उपलब्ध गराएको कुटनीतिक राहदानी समेत फिर्ता नगरी दुरुपयोग समेत हुने गरेको थियो ।
कुटनीतिक राहदानी दुरुपयोग गरेको आरोपमा कतिपय भीआईपीहरु जेल समेत पुगेका छन् । तर अर्थमन्त्री खनालले भने आफ्नो प्रयोजन सकिएका भन्दै राहदानी बुझाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया