काठमाडौं । धनुषा-१ को निर्वाचन विवादबारे सर्वोच्च अदालतले आगामी शुक्रबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासले आगामी शुक्रबार सुनुवाइ गर्ने गरी पेसी तोकेका हुन् ।
उम्मेदवारी खारेजीमा परेका धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलले दायर गरेको रिट निवेदनमाथि आगामी शुक्रबार सुनुवाइ गर्ने गरी आदेश हुँदा त्यति बेलासम्म मत परिणाम घोषणा नगर्न आदेश भएको हो ।
आगामी शुक्रबार निर्वाचन आयोगको समेत कुरा सुनेर निर्वाचन मत परिणाम घोषणा गर्ने कि नगर्ने भन्ने सम्बन्धमा निर्णय हुने आदेशमा उल्लेख छ । यसरी आगामी शुक्रबार दुवै पक्षलाई छलफलका लागि समेत उपस्थित हुन अदालतले भनेको छ ।
शुक्रबार नै निर्वाचन आयोगबाट साहको खारेज गरिएको निर्णयको फाइल समेत अदालतमा पेस गर्न भनिएको छ ।
अदालतले निर्णयको फाइल हेरी दुवै पक्षको कुरा सुनेर अन्तरिम आदेश जारी गर्नु पर्ने हो कि होइन भन्ने सम्बन्धमा निर्णय हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया