काठमाडौं । रवि लामिछाने माथिको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ ‘हेर्न नभ्याइने’मा परेको छ ।
सोमबार न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान को इजलासमा रिटको पेशी तोकिए पनि समय अभावका कारण सुनुवाइ हुन सकेन ।
लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय महान्यायाधिवक्ता कार्यालयले पुस अन्तिममा गरेको थियो । सो निर्णयविरुद्ध युवराज पौडेल ले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
यता कास्की जिल्ला अदालत र रुपन्देही जिल्ला अदालतले भने उक्त विषय सर्वोच्चमा विचाराधीन रहेको भन्दै लामिछानेमाथिको मुद्दा फिर्ता लिनेबारे निर्णय गरेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया