रवि र बालेनलाई बधाई दिँदै जनार्दनले भने– ‘विकसित नेपाल निर्माणमा सफलता मिलाेस्’

लोकपथ
63
Shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले रास्वपा सभापति रवि लामिछाने र  वरिष्ठ नेता बालेन शाहलाई विजयी  भएकोमा बधाई दिएका हुन् । 

उनीहरूलाई ‘साँच्चिकै विकसित नेपाल’ बनाउने ऐतिहासिक कार्यभार पूरा गर्न सफलता मिलोस् भनेर शुमकामना दिएका छन् ।

शर्मा, जो रुकुम पश्चिमबाट लगातार चार चुनाव जितिसकेका थिए, यस पटक आफ्नै पूर्व पार्टी नेपाल कम्युनिस्ट पार्टी का उम्मेदवार गोपाल शर्मासँग पराजित भएका छन् । 

साथै उनले गरिबी, बेरोजगारी र समृद्ध रुकुम बनाउने रुकुमेली जनताको चाहना पूरा गर्न सुझाव दिएका छन् । आफू पराजित भए पनि रुकुमेली जनताको विश्वास र मायाप्रति ऋणी रहेको र पदमा भए वा नभए पनि सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पूर्व गृहमन्त्री शर्माले निर्वाचन समयमै सम्पन्न गर्न सहयोग गर्ने प्रधानमन्त्री सुशीला कार्की, सुरक्षाकर्मी र कर्मचारीहरूलाई पनि धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?