यातायात व्यवसायीका ४ उम्मेदवारमध्ये २ ले जिते प्रतिनिधि सभा निर्वाचन

लोकपथ
168
Shares

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका यातायात व्यवसायीमध्ये दुई जनाले मात्र जित हासिल गरेका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत चार जना यातायात व्यवसायी चुनावी मैदानमा उत्रिएकामा दुई जना विजयी भएका हुन् भने दुई जना पराजित भएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षसमेत रहेका विजयबहादुर स्वाँरले कैलाली–२ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका थिए । तर उनी पराजित भएका छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल १९ हजारभन्दा बढी मतसहित विजयी भएका छन् भने स्वाँर ७ हजार २ सय मतसहित चौथो स्थानमा सीमित भए ।

त्यस्तै, पश्चिम क्षेत्रका यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत–१ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका थिए । उनले २८ हजार ८ सय मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवकुमार शाहीले १८ हजार ८ सय ९० मत प्राप्त गरेका थिए ।

कर्णाली यातायातका प्रमुख रमेश सापकोटा भने सुर्खेत–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का तर्फबाट उम्मेदवार बनेका थिए । उनले ३० हजार ८ सय मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणकुमार खड्काले १६ हजार ३ सय मत प्राप्त गरेका थिए ।

यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार तथा यातायात व्यवसायी भागवत मल्ल स्याङ्जा–२ बाट पराजित भएका छन् । सो क्षेत्रमा रास्वपाका उम्मेदवार झविलाल डुम्रेले २५ हजारभन्दा बढी मत ल्याएर विजयी भएका छन् । मल्लले २० हजार ८३० मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?