काठमाडौं । एउटा मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित हासिल गरेको छ ।
रामेछापबाट रास्वपाका उम्मेदवार कृष्णहरि बुढाथोकी निर्वाचित भएका हुन् । बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गर्दै रास्वपाका लागि थप एक सिट सुरक्षित गरेका हुन् । त्यस्तै नेकपा एमालेका माधव ढुंगेलले १७ हजार ६ सय ९ मत प्राप्त गर्दै उपविजेता भएका छन् ।
यता नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत प्राप्त गरेका छन् । नेकपाका श्यामकुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया