महिलाको नाममा नक्शा पास गर्दा दस्तुर छुट दिने सुनिता डंगोलको घोषणा

लोकपथ
98
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले महिलाहरुको आर्थिक सशक्तीकरणलाई बढावा दिन घरको नक्शा पास गर्दा दस्तुरमा छुट दिने तयारी गरेको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी नगरसभामा महिलाको नाममा नक्शा पास गर्दा दस्तुर छुट दिने प्रश्ताव पेश गरिने घोषणा गरेकी हुन् । ११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा मेयर डंगोलले महिलाहरु आर्थिक रुपमा सबल नभएसम्म महिला सशक्तीकरणको कुरा नारामा मात्र सिमित हुने बताइन् ।

महानगरपालिकाले ‘एक वडा, एक नमूना कार्यक्रम’ सञ्चालन गरिरहेको समेत जानकारी दिइन् । कार्यस्थलमा हुने हिंसा न्युनिकरण गर्न महानगरपालिका कठोर रुपमा प्रश्तुत हुने उनको संकेत थियो । हाल रहेका ६ वटा कानूनका अतिरिक्त कार्यस्थलमा हुने हिंसालाई विशेष जोड दिएर आगामी दिनमा नयाँ कानून बनाइने र त्यसको कडा परिपालना गराइने डंगोलले बताइन् ।

महिलाहरु भविष्य मात्र नभएर वर्तमान पनि भएको बताउँदै उनले समाजका हरेक क्षेत्र-प्रशासन, न्यायपालिका, कानून र कार्यपालिकामा महिलाहरुले आफैं बाटो कोरेर अघि बढिरहेको र अरुका लागि पनि प्रेरणाको स्रोत बनिरहेको भन्दै प्रशंसा समेत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?