बाजुराबाट कांग्रेसका जनकराज गिरी विजयी

लोकपथ
49
Shares

बाजुरा । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी १७ हजार १७३ मतसहित निर्वाचित  भएका  छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लालबहादुर थापालले १६ हजार ६३३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए ।  

मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का हेमराज थापाले छ हजार ३५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रकाशबहादुर शाहले तीन ४२८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केशरबहादुर शाहीले ३५२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का भूपेन्द्र विकले ३३३ मत प्राप्त गरे ।

यहाँ ८७ हजार ८६१ मतदाता रहेकामा ४५ हजार ३९० मत खसेको थियो । खसेको मतगणना गर्दा ४३ हजार ८९६ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?