काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको टोलीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रतिवेदन बुझाएको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुन विशेषज्ञ विश्वेश्वर भण्डारी नेतृत्वको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
आयोगका कर्मचारीहरूले प्रतिवेदनसहित अन्य कागजातहरू कार्यालयभित्र प्रवेश गराएका थिए ।
प्रतिवेदन बुझाइ सकेपछि आयोगले पत्रकार सम्मेलन मार्फत विस्तृत जानकारी दिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया