पश्चिम नवलपरासी–२ मा रास्वपाका नरेन्द्रकुमार गुप्ता निर्वाचित

लोकपथ
49
Shares

नवलपरासी । पश्चिम नवलपरासी–२  मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्रकुमार गुप्ता प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित  भएका छन् । 

नवलपरासी–२ को अन्तिम मतगणनाअनुसार उनले ४४ हजार १३८ मत प्राप्त गर्दै निर्वाचित  भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा क्षेत्रीलाई २८ हजार १९३ मतान्तरले पराजित  गरेका हुन् ।  

यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार क्षेत्रीले १५ हजार ९४५ मत प्राप्त गरे  । यहाँ जनता समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्र यादवले सात हजार २१२ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधानले चार हजार ६९१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?