विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन् । न्यौपानेले २७ हजार ३६७ मत प्राप्त गरी विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत प्राप्त गरिन् । नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागोले ११ हजार ९८६ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार घनश्याम खतिवडाले ९ हजार ८२३ मत पाए ।
यसैगरी नेकपाका उम्मेदवार कुलप्रसाद साँवाले दुई हजार २२४ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया