तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजाने बताएका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कार्यकर्तासँग भेटवार्ता गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जनताले दिएको अभिमतलाई शिरोधार्य गरेर अगाडि बढ्ने र जनताको भरोसालाई टुट्न नदिने बताए ।
डा वाग्लेले भने, ‘जिम्मेवारी ठूलो छ । तनहुँ त आफ्नै ठाउँ भइहाल्यो, दुई पटक यहाँबाठ विजयी गराइदिनुभयो, त्यसको महत्त्व, आशा र भरोसालाई लत्याउने छैन । यहाँका जनताले शिर निहुराउन नपर्ने गरी काम गर्नेछु ।’
.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया