रौतहट–१ मा माधव नेपालको लज्जास्पद हार, रास्वपाका चौधरीको जित

लोकपथ
161
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार राजेशकुमार चौधरी विजयी भएका छन् । उनले २८ हजार ९४६ मत प्राप्त गरे विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार अजयकुमार गुप्ताले १० हजार ६९३ मत ल्याए । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार अनिलकुमार झाले आठ हजार ५७४ मत पाएका छन् ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल सात हजार ६६९ मतसहित चौथो स्थानमा रहेका निर्वाचन आयोगले जनाएको छ ।
नेपाल यसअघि ०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा पराजित भएका थिए । त्यसबाहेक उनले यही क्षेत्रबाट लगातार चुनाव जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?