चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले धेरै नेपालीले यस पटकको निर्वाचनलाई एउटा राजनीतिक युगको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवातका रूपमा लिएको बताएकी छन् ।
चितवन–३ बाट आफ्नो जित सुनिश्चित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो धारणा व्यक्त गरेकी हुन् ।
उनले नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरेको निर्वाचन भएको बताउँदै मतदाताले मतदानमार्फत परिवर्तनको चाहना प्रकट गरेको बताइन् ।
धेरै नेपालीहरूले यो निर्वाचनलाई एउटा राजनीतिक युगको अन्त्य गरेर अर्को राजनीतिक युगमा प्रवेश गर्ने अवसरका रूपमा लिएका छन्,’उनले भनिन्, ‘मतदान गर्दा पनि मतदाताले त्यही अनुरूप आफ्नो इच्छा व्यक्त गर्नुभएको मैले महसुस गरेँ ।’
गौतमले चितवन क्षेत्र नम्बर ३ को परिणाम पनि त्यसै परिवेशको हिस्सा भएको उल्लेख गरिन् ।
उनले लोकतन्त्रको उन्नत अभ्यासमध्ये निर्वाचन महत्वपूर्ण माध्यम भएको बताउँदै जनताको निर्णयलाई सम्मान गर्नुपर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया