काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दलीय राजनीतिबाट बिदा लिने निर्णय गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमा लेख्दै मिश्रले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित दलीय राजनीतिबाट बिदा लिने निर्णय लिएको बताए ।
त्यस्तै राजसंस्था पुनस्थापना र सुशासन लगायतका मुद्दामा आफू स्वतन्त्र नागरिकको हैसियतमा रहने समेत बताएका छन् ।
‘आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको छु,’ उनले भनेका छन्, ‘राजसंस्था पुनस्र्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा मेरा अडान यथावत रहनेछन् र तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा म मेरा विचार र अडानहरू मुखरित गरिरहनेछु ।’
मिश्रले बिहीबार सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट प्रतिष्पर्धा गरेका थिए । तर लज्जास्पद हार व्यहारेपछि मिश्रले राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् । त्यसो त मिश्र २०७४ र २०७९ को निर्वाचनमा समेत सो क्षेत्रबाट पराजित भएका थिए ।
यता मिश्रले आफूले हतासमा निर्णय नलिएको समेत स्पष्ट पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया