इलाम २ मा सुहाङको अग्रता, पछ्याउँदै श्रम संस्कृति पार्टीका सुदीप राई

लोकपथ
749
Shares

इलाम । इलाम क्षेत्र नम्बर २ को  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता छ । सुहाङसँग अघिपछि हुँदै श्रम संस्कृति पार्टीका सुदीप राई रहेका छन् ।

इलाम २ को तीन पालिकाको गणना सम्पन्न हुँदा नेपाली कांग्रेसका उम्मेदवार तेस्रो स्थानमा रहेका छन् । चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको मतगणना सकिँदासम्म नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ अग्रस्थानमा छन् । उनले हालसम्म ७ हजार २७१ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राई रहेका छन् । उनले ६ हजार ८८ मत प्राप्त गरेका छन् । 

तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्य माटोलाई पछ्याइरहेका छन् । उनले हालसम्म ३ हजार ८७० मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोकुल राईले १ हजार ९९४ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका ओम गुरुङले ५३५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?