म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको अग्रता

लोकपथ
98
Shares

काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन् ।

सुरुवाती मतगणनाअनुसार त्रिभुज चुनाव चिह्न लिएका पुनले ९६६ मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ६१२ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ४७१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेको र आगामी परिणाममा मतसंख्या थपिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?