मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, योगेश गौचन थकाली विजयी

लोकपथ
105
Shares

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधि सभामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।

मुस्ताङका नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले विजयी हासिल गर्दै कांग्रेसका तर्फबाट खाता खोलेका हुन् ।

प्रतिनिधि सभा सदस्यको निर्वाचनअन्र्तगत शुक्रबार सम्पन्न अन्तिम मतगणनामा उनले नेकपा (एमाले) का उम्मेदवार इन्द्रधारा विष्टलाई १ हजार ५०१ मतान्तरले पराजित गरी दोस्रोपल्ट संघको चुनाव जितेका हुन् ।

उनले ३ हजार ३०७ मत ल्याउँदा इन्द्रधाराले १ हजार ८०६ मत प्राप्त गरेका छन् ।

यसैगरी, तेस्रो स्थानमा रहेका रास्वपा उम्मेदवार अद्धितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरे । जिल्लामा ५६ प्रतिशत मत खसेको थियो ।

त्यसो योगेशले यसअघिको निर्वाचनमा समेत सो क्षेत्रबाट विजयी भएका थिए । उनी हाल ३२ वर्षका मात्रै भएका छन् । राजनीतिक पृष्ठभूमीका योगेश नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा हुन् ।

२०७९ को प्रतिनिधि सभा सदस्य चुनावमा योगेशले एमालेकै उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका थिए । थासाङ गाउँपालिकाको लेतेका स्थायी बासिन्दा योगेश पर्यटन व्यवसायीसमेत हुन् । गण्डकी प्रदेशमा कुल १८ क्षेत्रमध्ये पहिलो नतिजा मुस्ताङबाट आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?