काठमाडौं–९ मा डोलप्रसाद अर्यालको अग्रता कायमै, कांग्रेस भन्दा ५ गुणा बढी

लोकपथ
84
Shares

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले फराकिलो मतसहित अग्रता कायम राखेका छन् ।

प्रारम्भिक परिणामअनुसार अर्यालले ५ हजार ५ सय ५९ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् ।  उनको मत नानुमैया बास्तोलाको भन्दा करिब पाँच गुणा बढी छ । 

नेपाली कांग्रेसकी उम्मेदवार बास्तोलाले १ हजार १२६ मत पाएकी छन् भने नेकपा एमालेका डा.अजय क्रान्ति शाक्यले ९७० मत मात्र प्राप्त गरेका छन् । हालसम्म ८ हजार ५ सय ९२ मत गणना भएका छन् । 

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ९ का उम्मेदवार समेत रहेका अर्यालको फराकिलो अग्रतिले काठमाडौं–९ मा चुनावी प्रतिस्पर्धा अझ रोचक बन्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?