प्रारम्भिक मतपरिणाम : चार क्षेत्रमा एमाले अगाडि

लोकपथ
259
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत देशभर जारी मतगणनामा हालसम्म नेकपा (एमाले) का उम्मेदवारहरूले चार निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन् ।

प्रारम्भिक मतपरिणामअनुसार तेह्रथुम–१ मा एमालेका भानुभक्त ढकाल १ हजार २६२ मतसहित अग्रस्थानमा छन् ।

त्यस्तै स्याङ्जा–१ मा मिनप्रसाद गुरुङ १ हजार ९६०, रूपन्देही–४ मा प्रमोदकुमार यादव २ हजार ६९८ र बाँके–२ मा मोहम्मद इश्तियाक राई १ हजार ४८५ मतसहित अगाडि रहेका छन् ।

निर्वाचन आयोगका अनुसार देशभरका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको छ भने क्रमशः थप नतिजा सार्वजनिक हुँदै जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?