कैलाली १ मा कांग्रेसले लियो अग्रता

लोकपथ
259
Shares

काठमाडौं । कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसका जनक चौधरीले ३ सय ४८ मतले अग्रता लिएका हुन् । १ हजार १ सय ६४ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २ सय ४१ मत ल्याएका छन् ।

रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टी नेपालले उनलाई समर्थन गरेको थियो । त्यस्तै रास्वपाकी कोमल ज्ञवालीले पनि २ सय ४१ मत ल्याएकी छन् ।

चौथो स्थानमा रहेका नेकपाका रामलाल डंगौराको ९९ मत छ भने पाँचौँ स्थानमा रहेका एमालेका द्वारिका न्यौपानेले ६८ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?