भक्तपुर २ मा राजीव खत्रीको अग्रता कायमै, एमालेका बस्नेत पछि परे

लोकपथ
896
Shares

काठमाडौं । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीब खत्रीले प्रतिस्पर्धीहरूसँग मतान्तर बढाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार उनले दुई हजार मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले एक हजार २८१ मत प्राप्त गरेका छन् ।

दुई प्रतिस्पर्धीबीच ७१९ मतको मतान्तर छ । त्यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसका कविर राणाले १७४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?