काठमाडौं । बिहान सात बजेबाट सुरु भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा हालसम्म १० प्रतिशत मत खसेको छ ।
बिहान ७ बजेदेखि ११ बजेसम्म देशभर १०.१८ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार बिहीबार बिहान ११ः०० बजे सम्म देशभर १९ लाख २३ हजार ८२४(१०.१८) प्रतिशत मत खसेको छ । बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार प्रतिनिधि सभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन् ।
कुल मतदातामध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २ सय जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया