समयमै मतदान गर्नुस् : आयुक्त तुलाधर

लोकपथ
77
Shares

काठमाडौं । निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान  गरेकी छन् । 

बिहीबार जारी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि लमजुङस्थित सुन्दर बजार नगरपालिका–२ महेन्द्र माविस्थित मतदान केन्द्रबाट मतदान  गरेकी हुन् । 

आज प्रतिनिधि सभा सदस्यका लागि देशभरका १६५ प्रत्यक्ष र ११० वटा समानुपातिक सिटमा मतदान जारी छ । 

देशभर उल्लासमय रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयुक्त तुलाधरले निर्धक्कका साथ मतदान केन्द्रमा गएर मतदान गर्न आह्वान गरिन् । समयमै मतदान गर्न पनि उनले आग्रह  गरिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?