काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मत गन्न सुरु भएको २४ घण्टामा मतगणना सम्पन्न गर्ने तयारी भइरहेको बताएका छन् ।
बुधबार निर्वाचनको तयारीबारे जानकारी दिन निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले सो कुरा बताएका हुन् ।
‘प्रत्यक्षतर्फ मत गणना सुरु भएको २४ घण्टाभित्र मतपरिणाम प्रकाशित गरिसक्ने छौँ,’ भण्डारीले भने ।
उनले प्रत्यक्षसँगसँगै समानुपातिकतर्फको मतगणना पनि गर्ने तयारी भइरहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया