प्रधानमन्त्रीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक

लोकपथ
189
Shares

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ३ बजेका लागि परिषद्को बैठक बोलाएकी हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने तय गरिएको छ ।

भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका प्रमुखहरूसँग समसामयिक सुरक्षा अवस्थाबारे छलफल गर्न लागेकी हुन् ।

बैठकमा देशभरको पछिल्लो सुरक्षा अवस्थाबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरिने तथा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक रणनीतिबारे छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?