विश्वप्रकाश शर्माको दाबी– ‘निर्वाचनपछि कांग्रेस सबैभन्दा ठूलो दल बन्छ’

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदय हुने बताएका छन् ।

सोमबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो दाबी गरेका हुन् ।

पार्टी निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका उपसभापति शर्माले दोस्रो ठूलो दलभन्दा फराकिलो अन्तरले आफ्नो पार्टी पहिलो राजनीतिक शक्ति बन्ने ठोकुवा गरे ।

उनले प्रत्यक्ष र समानुपातिक दुवैमा नेपाली कांग्रेस पहिलो शक्ति बन्ने आँकलन पनि आफूहरुले गरेको बताए ।

उपसभापति शर्माले भने, ‘नेपाली कांग्रेस पार्टी फागुन २१ को निर्वाचनबाट सबैभन्दा ठूलो दलको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको आकारबाट सबै भन्दा ठूलो दलको रुपमा आउँदैछ । हामी कुनै पनि दोस्रो दल भन्दा राम्रै आकारका साथ अगाडि हुन्छौँ । बहुमत आउन पनि सक्छ । तर अहिले यति ढुक्कले भन्न सकिन्छ–नेपाली कांग्रेस पार्टी सबैभन्दा ठूलो दलको रुपमा आउँछ । प्रत्यक्षबाट पनि आउँदैछ, समानुपातिकबाट पनि आउँदैछ ।’

उपसभापति शर्माले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि योगदान पुर्‍याउन पनि सबै राजनीतिक दल र संवद्ध सबै पक्षको योगदान आवश्यक रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?