रास्वपा निर्वाचन सम्पादन समितिका सदस्य ढकाल कांग्रेस प्रवेश

लोकपथ
259
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता ईन्जिनियर डा. शंकर ढकाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

रास्वपाको निर्वाचन सम्पादन समितिका सदस्य समेत रहेका ढकाल शुक्रबार कांग्रेस प्रवेश गरेका हुन् । उनलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा स्वागत गरेका हुन् ।

ढकाल काभ्रे निवासी हुन् । स्थापना कालदेखि नै रास्वपामा रहेर काम गरेका ढकालले रास्वपाभित्रको कतिपय विषयमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?