काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आगामी निर्वाचनपछि आफ्नो पार्टी मुलुकको पहिलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् ।
शनिबार रोल्पाको लिवाङमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई नेतृत्व दिन सक्ने नेता र एजेन्डा आफ्नो पार्टीसँग मात्र रहेको बताए ।
पुनले राष्ट्रियता, समृद्धि र मुलुकका सबै खालका समस्याहरू सम्बोधन गर्ने सामर्थ्य पनि आफ्नो पार्टीसँग मात्र रहेको बताए ।
उनले भने, ‘हामी जनताको जनमतबाट सकारात्मक माग र भावनालाई सम्बोधन गर्छौँ । राष्ट्रियता, समृद्धि, सुशासनका एजेन्डा अघि बढाउने नेतृत्व हामीसँग छ । त्यसैले आगामी निर्वाचनमार्फत हाम्रो पार्टी देशको सबैभन्दा ठुलो, निर्णायक शक्ति बन्ने हैसियत राख्छ ।’
नेता पुनले रोल्पामा नेकपाले सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको स्मरण गर्दै अब समृद्धिको नयाँ मोडेलको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया