यो निर्वाचन कुनै खेल होइन, राष्ट्रको भविष्य निर्धारण गर्ने क्षण हो : प्रचण्ड

लोकपथ
42
Shares
फाइल तस्बिर

कपिलवस्तु । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको प्रतिनिधि सभा निर्वाचन विशिष्ट परिस्थितिमा भएको भन्दै यसलाई सामान्य तरिकाबाट लिन नहुने बताएका छन् ।

शनिबार कपिलवस्तुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले यो निर्वाचन हामी विशिष्ट परिस्थितिमा अघि बढेको हुनाले यो कुनै एउटा उम्मेदवारलाई विजयी गराउने वा अर्कोलाई पराजित गर्ने सामान्य निर्वाचन मात्रै होइन । यो राष्ट्रको स्वाधीनताको रक्षा गर्ने र नेपाली जनताको आत्मनिर्णयको रक्षा गर्ने ठूलो जनमत संग्रहजस्तो भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?