उज्यालो नेपाल पार्टीले भोलि खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने

लोकपथ
56
Shares
फाइल तस्बिर

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले शनिबार (भोलि) काठमाडौंको खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा आयोजना गर्ने भएको छ ।

पार्टीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचनलक्षित प्रतिवद्धता सभा गर्न लागिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रचारप्रसार समितिका संयोजक तथा काठमाडौं क्षेत्र नम्बर–५ का उम्मेदवार श्रीराम गुरुङले पार्टीका प्रतिवद्धताहरुलाई जनतालाई बुझाउनको लागि सभा गर्न लागिएको जानकारी दिएका छन् । सभामार्फत मुलुकको विकासको स्पष्ट रोडम्याप सार्वजनिक गरिने दाबी गरे । मुलुकलाई भाषण नभई परिणाम चाहिएको गुरुङको भनाइ छ ।

अध्यक्ष घिसिङको प्रमुख आतिथ्यमा हुने सभामा ऊर्जा विस्तार, आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र राष्ट्रिय विकासका ठोस योजना सार्वजनिक गरिने गुरुङले जनाए ।

उनकाअनुसार पार्टी संगठनात्मक रुपमा कमजोर रहेको र धेरै ठुलो जनसमर्थन हुँदाहुँदै पार्टीलाई जनतासमक्ष पुग्न गाह्रो भइरहेको छ । सोहिकारण भौतिक र डिजिटल कार्यक्रमको आवश्यकता देखेर यो कार्यक्रमको आयोजना गरेको गुरुङको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?